Sunday, October 6, 2013

मसला फिल्मबाट हट्यो सलमानको रुची

salman-khan-hot            मसला फिल्म खेलेरै बलिउडमा आफ्नो राज जमाइरहेका सलमान खानले अब यस्तो सिनेमाबाट मोह हटेको बताएका छन् । 
           सलमानलाई मसला फिल्मको आयू धेरै लामो समयसम्म नरहने भन्ने सोचाई पलाएको छ । यसैले पनि उनले भाई अरवाज खानले निर्देशन गरेको चलचित्र ‘मेन्टल’को नाम परिवर्तन गरेर ‘जय होस्’ राखेका छन् ।सलमानले अभिनय गरेको ‘जय होस्’ले राष्ट्रियताको मुद्दालाई उठान गरेको छ । यसैले पनि सलमान अब केही फरक खालका सिनेमा खेल्ने मनशायमा छन् । वान्टेड, दबंग, बडिगार्ड, रेडी, दबंग २, एक था टाइगर जस्तो मसलेदार सिनेमा खेलेर बक्स अफिसमा तहल्का मच्चाएका सलमान लामो समयसम्म बलिउडमा टिक्न कथा परिवर्तनको धुनमा लागेको
वुझिन्छ ।

No comments:

Post a Comment