Wednesday, January 22, 2014

सुशीलको एसएमएसले कांग्रेसमा हंगामा

                 काठमाडौ माध ८ । भावी प्रधानमन्त्रीका रूपमा लिइएका कांग्रेस सभापति सुशील कोइरालालाई त्यागी नेताका रूपमा लिइन्छ। किनकि, अहिलेसम्म उनले बिहे पनि गरेका छैनन् र सुविधाको पद पनि लिएका छैनन्।
                   कुनै आर्थिक विवादमा पनि मुछिएका छैनन्।नेपाली राजनीतिमा त्यसकारण अन्य पार्टीका नेता कार्यकर्ताले पनि उनले सम्मान नै गर्छन्। तीनै सोझा नेताको अल्पज्ञान यतिबेला कांग्रेसभित्र हाँसोको विषय बन्न पुगेको छ।
                      ट्रेड यूनियनको राजनीतिमा आबद्ध रीता खनाल सभापति कोइरालाकी निकट नेतृमध्ये मानिन्छन्। कोइरालालाई भेट्न उनलाई कुनै पनि बेला रोकतोक छैन।कोइरालाले पनि खनालबारे विशेष चासो लिइरहन्छन्। करिब दुई साताअघिको कुरा हो। खनाल सभापति कोइराला निवासमा पुगेकी थिइन्। चुनावमा बढेको कोइरालाको व्यस्तता
चुनावमा कांग्रेस पहिलो पार्टी बनेपछि घट्ने कुरै भएन। कोइराला प्रविधिका त्यति जानकार पनि छैनन्। पछिल्लो समय उनको माबेाइल ह्याङ भएछ। उनले नेतृ खनाललाई आफ्नो समस्या सुनाए। कारण, कोइरालाको मोबाइल अत्यधिक म्यासेज आए। कोइरालासँग न म्यासेज हेर्ने फुर्सद छ, न त प्रविधि खेलाउने सीप नै। त्यसैले नेतृ खनालले कोइरालाको मोबाइलमा सयभन्दा धेरै नपढिएका म्यासेज पढेर ढिलिट गरिदिइन्। त्यसपछि कोइरालाले मोबाइल समाउँदै भने, ‘बल्ल मोबाइल हलुका भयो।’ कोइरालाको प्रतिक्रिया सुनेर खनाल हाँसिन् र यो कुरा कोठाबाहिर निस्केर अरुलाई सुनाइहालिन्। कोइरालाको आँगन हाँसोले गुञ्जियो। अहिले कांग्रेसभित्र कोइरालाको प्रविधिप्रतिको अज्ञानता मजाकको विषय बनेको छ। अहिलेसम्म राज्यसत्ताको कुनै तहमा नपुगेका कोइरालाको हातमा सत्ताको कमान आएपछि पनि यही गति त हुने होइन? लक्ष्मणको सान बढ्दो सुशील कोइराला प्रधानमन्त्री हुने टुंगो लागिसकेको छैन तर उनका पीए लक्ष्मण ढकालले भने आफूलाई प्रधानमन्त्रीकै हाराहारी उभ्याएर फूर्ति देखाउन थालेका छन्। उनी अहिलेदेखि नै सरकारी निकायहरूमा आतंक सिर्जना गर्न थालिसकेका छन्। प्रहरीदेखि प्रशासनमा फोनमार्फत् विभिन्न निर्देशन दिँदै छन्। स्रोतका अनुसार कतिपयले त्यस विषयमा कांग्रेस नेताहरूलाई पनि गुनासो गरिसकेका छन्। गुण्डा र माफियासँग बढी संगत भएका ढकालले सोझा कोइरालाको नाम बेच्दै फाइदा लिने गरेका छन्। कांग्रेसका एक नेता भन्छन्, ‘लक्ष्मण ढकाल जस्ता व्यक्तिलाई उनले काबुमा राखेनन् भने प्रधानमन्त्री भएको महिना दिनमै कोइरालाको छवि ध्वस्त हुनेछ।

No comments:

Post a Comment