Wednesday, January 22, 2014

बढ्दो क्रममा बलत्कारका घटना

' बर्षमा पर्सामा १४ बलात्कारका घटना ' 

images (3)
             
                          वीरगन्ज, माघ ८ – गएको वर्ष पर्सामा १४ वटा बलात्कार र चार हत्याका घटना भएका छन् ।
               अनौपचारिक सेवा केन्द्र (इन्सेक)द्वारा आज यहाँ आयोजित “नेपाल मानव अधिकार वर्ष पुस्तक २०१४ वार्षिक समीक्षा” गोष्ठीमा इन्सेक पर्साका प्रतिनिधि केसी लामिछानेले जबर्जस्ती करणीका ती घटनामा चार वर्षीया बालिकादेखि ३४ वर्षीया महिलासम्म सिकार भएको जानकारी दिए ।
                  उनले बलात्कारका घटनामध्ये नौ वटा नाबालिकासँग सम्बन्धित रहेको बताउँदै यस्ता घटनाले महिला हिंसाको अवस्थामा पर्सा जिल्ला अझै सन्तोषजनक देखिएको छैन भने ।
                  सन् २०१३ मा जिल्ला प्रहरी कार्यालय पर्सामा चार सय ९८ वटा मानव अधिकार उल्लङ्घनका मुद्दा दायर भए । यसमध्ये कर्तव्य ज्यानका चार, मानव बेचबिखनका छ, अपहरणका दुई, हातहतियार खरखजानाका नौ, जबर्जस्ती करणीका १३, जबर्जस्ती करणी उद्योगका तीन, बोक्सीको आरोपका एक, डाँका एक, लागुऔषध एक सय ४६ र अन्य तीन सय १४ रहेका
छन् ।
              केसीका अनुसार जिल्ला प्रहरी कार्यालय पर्सामा दायर भएका यस्ता मुद्दामा सात सय ८१ जनालाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ । गत वर्ष दायर मुद्दामध्ये कर्तव्य ज्यान, मानव बेचबिखन, अपहरण, हातहतियार खरखजाना, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग र बोक्सी आरोपका सबै मुद्दा विचाराधीन अवस्थामा छन् ।
               त्यस्तै, घरेलु हिंसाका कारण पीडित भएको भन्दै सन् २०१३ मा एक सय ४ जना महिलाले जिल्ला प्रहरी कार्यालयअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्र पर्सामा उजुरी दर्ता गराए । यसमध्ये कुटपिट गरी घरनिकाला गरिएका १९, खानलाउन नदिएका ६१, अर्को श्रीमती ल्याएर हेलाँ गरेका तीन, अर्को विवाह गरेका तीन र अन्य घरेलु हिंसामा ६ जना पीडित छन् ।
                 तीमध्ये प्रहरीले ६१ घटनामा मिलामत्र गराएको थियो । सो अवसरमा पर्साका प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले महिला हिंसा र आपराधिक क्रियाकलापको न्यूनीकरणमा पर्सा प्रहरीले पूर्ण इमान्दारीताका साथ कार्य गरिरहेको बताएका थिए ।

No comments:

Post a Comment