Wednesday, January 22, 2014

हलिउड फिल्म ‘एभरेष्ट’मा विजय लामा

                  नेपाली कलाकारहरुले बलिउड सिनेमामा काम गरेको त कुनै नौलो होइन । तर कलाकार विजय लामाले एक हलिउड सिनेमामा काम गरेका छन् । 
                    नेपालमा छायांकन भइरहेको चलचित्रमा विजयले छोटो तर निक्कै महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन् । बाल्टासार कोर्माकुरले निर्देशन गरिरहेको यो सिनेमाको हाल नेपालमा छायांकन भइरहेको छ । हलिउडका कलाकारद्धय जोस ब्रोलिन र जेसन क्लार्कसँगै विजयले अभिनय गरेको बुझिएको छ । उनले कर्णेल मदन केसीको
भूमिकामा अभिनय गरेका छन् । सन् १९९६ मे १० मा सगरमाथाको आरोहणका क्रममा आँधी आउँदा ८ जना अमेरिकी आरोहीको निधन भएको थियो । यही विषयलाई सिनेमामा उतार्न लागिएको हो ।

No comments:

Post a Comment