Wednesday, January 22, 2014

निजी विद्यालयहरु अनिश्चितकालका लागि बन्द

chitwan map              चितवन, माघ ९–पूर्वसहमती कार्यान्वयन नभएको भन्दै नेपाल संस्थागत विद्यालय शिक्षक यूनियन (नेपाल ईष्टु) चितवनले आजदेखि नीजि विद्यालयहरु अनिश्चितकालको लागि बन्द आह्वान गरेको छ ।
                  जिल्ला शिक्षा कार्यालयको रोहबरमा प्याब्सनसँग भएको १८ प्रतिशत तलव बृद्धि र एक हजार महँगी भत्ता उपलव्ध गराउनुपर्ने सम्झौता लागु नभएको भन्दै नेपाल ईष्टुले चितवनका विद्यालय बन्द गरेको हो । ईष्टुको आन्दोलनका कारण चितवनका डेढ सयभन्दा बढि विद्यालयका झण्डै ८ हजार विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । माग पुरा नभएसम्म विद्यालय खुलाउन
नसकिने नेपाल संस्थागत विद्यालय शिक्षक यूनियन (नेपाल ईष्टु) चितवन अध्यक्ष विष्णुबहादुर भुजेलले बताउनुभयो । विगतमा भएका सहमतिहरु कार्यान्वयन नगर्ने प्याब्सनका कारण विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको भन्दै सोको जिम्मा प्याब्सनले नै लिनुपर्ने भुजेलको भनाइ छ ।

No comments:

Post a Comment