Wednesday, January 22, 2014

मोदीको समर्थक भएको भन्दै सलमानको सिनेमा नेहेर्न अपिल

                     सलमान खानले बीजेपी नेता मोदीको साथमा चंगा उडाएपछि अहिले उनी अप्ठ्यारोमा पर्न थालेका छन् । 
                 आन्ध्रा प्रदेशको राजनीतिक दल ‘अल इन्डिया मजलिस ए इत्तेहादुल मुसलमीन’ले आफ्ना समर्थक र कार्यकर्तालाई सलमानको सिनेमा नहेर्न सार्वजनिक अपिल नै गरेको छ । 
               हैदराबादका सांसद एवं पार्टीका अध्यक्ष असुदुद्दीन ओवैसीले सलमानको प्रदर्शनमा आउन लागेको चलचित्र
              ‘जय हो’ नहेर्न आदेश दिएका छन् । सलमान मोदीको समर्थक भएको भन्दै उनको सिनेमा नहेर्न अपिल गरिएको हो । उनी एक नाच्ने कलाकार भएको भन्दै सलमानलाई ‘मैने प्यार किया’को साटो ‘मैने प्यार क्यू किया’को नजरबाट
हेर्न कार्यकर्तालाई उनले आग्रह गरेका छन् ।

No comments:

Post a Comment