Wednesday, January 22, 2014

आफुलाई अध्यक्ष भन्दै हँसाए बामदेवले

                  काठमाडौ, माघ ८ – मंगलबार संविधानसभा भवनमा शपथग्रहण कार्यक्रम सकिएपछि नेकपा एमालेले आफ्ना सबै सभासदलाई बल्खुमा रहेको पार्टी कार्यालयमा बोलायो । संविधानसभा वैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा प्रशिक्षण दिन बोलाइएको कार्यक्रममा शीर्ष नेताहरुले सबैलाई मज्जाले हँसाए । 
                     एमाले निकट बुधबार साप्ताहिकका अनुसार पार्टी उपाध्यक्ष बामदेव गौतमले कार्यक्रमको सुरुमा आफ्नो परिचय दिँदै भन्नुभयो ‘अभिवादन, म वामदेव गौतम, केन्द्रीय कमिटी अध्यक्ष ।’ गौतमले यसो भनेपछि हल निकैबेर हाँसोले गुञ्जियो ।अध्यक्ष झलनाथ खनालसँगै रहेका गौतमले केही समयपछि फेरि भन्नुभयो, ‘मैले त किसान महासंघको अध्यक्ष पो भनेको त ।’ त्यसपछि फेरि हाँसोको फोहोरा छुट्यो । जुनसुकै कार्यक्रममा पनि हँसाउन खप्पिस अर्का नेता केपी शर्मा ओली पनि
के कम ! आफ्नो परिचय दिँदै उहाँले भन्नुभयो, ‘म केपी ओली । वामदेवजीले अघि नै सजक गराईसक्नुभयो, म चाहिँ अध्यक्ष भन्दिन ।’ फेरि हल हाँसोले गुञ्जियो त्यसपछि पालो आयो अध्यक्ष खनालको । ‘साथीहरुलाई कति हतार भएको, नवौं महाधिवेशन आएकै छैन’ खनालले यसो भन्दा पनि सबै गललल हाँसे ।

No comments:

Post a Comment