Monday, April 7, 2014

बेलायतमा नेपाली विद्यार्थीले गरे आत्महत्या

                 काठमाडौं, चैत २५ – बेलायतमा अध्यायनरत विद्यार्थी शेष बहादुर गुरुङले गत बुधबार झुण्डिएर आत्माहत्या गरेका छन् । ह्वाइटच्यापलमा रहेको गिल्डहल कलेजमा अध्यायनरत गुरुङ ब्रिष्टोलस्थित कोठामा अप्रिल २ गते झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । बुटबल, वडा नं ६ लक्ष्मीनगरका २६ बर्षीय गुरुङ सन् २००९ को सेप्टेम्बर महिनामा बेलायत गएका थिए । बेलायतबाट पत्रकार धर्मराज अधिकारीका अनुसार शेषको पुख्र्यौली घर भने तनहुंको फिरफिरे हो । मृतक गुरुङको बुबा, आमा र भाई बुटवलमा बस्दै आएका छन् । उनी स्थानीय बुफे रेष्टुरेण्टका केहि समयदेखि काम गर्दै आएका थिए । त्यहि रेष्टुरेण्टले उपलब्ध गराएको आवास कक्षमा उनी झुण्डिएको अवस्थामा मृत भेटिएको स्थानीय प्रहरीले जानकारी दिएको छ । मृतक गुरुङका साथी कमल थापाका अनुसार शेषको मृत शरीरलाई स्थानीय फ्युनरलसँग समन्वय गरेर नेपाल पठाउने तयारी भइरहेको छ । उनको पार्थीव शरीरलाई नेपाल पठाउन लाग्ने आवश्यक
रकम जुटाउन कलेजका विद्यार्थीले फण्ड रेइजिङ टिम बनाएर अभियान थालेका छन् । गैर आवासीय नेपाली संघ युके र अन्य नेपाली संघसंस्थाहरुसँग पनि सहयोग जुटाउन पहल गरिने पत्रकार अधिकारीले सम्प्रेषण गरेको समाचारमा जनाइएको छ । प्रहरीले उनको कोठाबाट सुसाईड नोट बरामद गरेपनि त्यसमा के लेखिएको थियो भन्ने खुलाइएको छैन । प्रहरीले मृत्युबारे आवश्यक अनुसन्धान गरिरहेको उनका आफन्तले बताएका छन् ।
               मृतकका साथी थापाले बिद्यार्थीहरुको समस्या दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा डिप्रेसनको कारणले शेषले कठोर निर्णय लिएको हुनसक्ने बताए । उनले मृतकको शव नेपाल पठाउनका लागि सहयोग गर्न बेलायतस्थित नेपालीलाई आव्हान गरेका छन् ।

No comments:

Post a Comment