Wednesday, April 9, 2014

वैद्यले भने–गोलमेच सम्मेलनले मात्रै मुलुकले निकास पाउँछ

मुलुकलाई भिडन्तबाट जोगाउन आग्रह '
                 मोरङ, चैत २६ –नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरणले सर्वपक्षिय गोलमेच सम्मेलनले मात्र मुलुकलाई निकास दिने बताएका छन् । विराटनगरमा आज संचारकर्मीहरु संग कुरा गर्दै अध्यक्ष बैद्यले अहिलेको संविधानसभावाट जनताको संविधान निर्माण नहुने भएकोले जनपक्षिय संविधान निर्माणको लागी सर्वपक्षिय गोलमेच सम्मेलन एकमात्र विकल्प भएको बताए । उनले जनपक्षिय संविधान निर्माण भएमात्र मुलुकले निकास पाउने जिकिर गरे ।
नेपाली कांग्रेस , एमाले र एमाओवादी एक पक्षिय ढंगले अगाडी वढीरहेको आरोप लगाउंदै वैद्यले यदी उनिहरुले आफुहरुलाई वाइपास गरेर यहि ढंगले अगाडी बढे मुलुक भिडन्तमा जाने चेतावनी दिए । त्यसैले मुलुकलाई भिडन्तवाट जोगाउन सबै पक्ष विचको सहमती सहकार्य आवश्यक रहने उनको भनाई
थियो । अध्यक्ष बैद्यले आफहरु रहरले नभई बाध्यात्मक स्थितीका कारण संघर्षमा जाने अवस्था सृजना भइरहेको उल्लेख गरे ।

No comments:

Post a Comment