Wednesday, April 9, 2014

क्रान्तिकारीको सम्मेलनमा दुईतर्फी नाराबाजी

 नेतृत्व छान्ने जिम्मा पार्टी हेडक्वाटरलाई
               २६ चैत, काठमाडौं । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा नेतृत्व चयनबारे सहमति र निर्वाचनको पक्षमा नाराबाजी भएको छ । अब नेतृत्व छान्ने जिम्मा एमाओवादीको हेडक्वाटरलाई दिइएको छ । बुधबारको बन्दसत्र सुरु हुनासाथ सहमतिकै आधारमा नेतृत्व चयन गर्न माग गर्दै नाराबाजी सुरु भएको थियो । त्यसक्रममा केही भने निर्वाचन गरेर भए पनि नेतृत्व चयन गर्न माग गर्दै नाराबाजी भएको छ । ‘करीब आधा घण्टा दोहोरो नाराबाजी भएपछि बन्दसत्र स्थगित भएको छ’ एक नेताले भने । विवादपछि पदाधिकारीहरुले हस्ताक्षरसहितको पत्र केन्द्रीय कार्यालयमा पठाएर निर्वाचन गर्न नसक्ने बताएका छन् । हल विभाजित भएको भन्दै पत्रमा
पार्टीले छान्ने नेतृत्व स्वीकार गर्ने गरिएको छ । एमाओवादी अध्यक्ष प्रचण्ड रमेश मल्ललाई अध्यक्ष बनाउने पक्षमा छन् भने जागृत रायमाझीलाई नेता डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको समर्थन छ ।

No comments:

Post a Comment